कैलाली-५ मा कांग्रेसले बनायो नरनारायण शाहलाई उम्मेदवार, आरजु ‘आउट’


काठमाडौं । नेपाली कांग्रेसले आरजु राणालाई टिकट नदिने भएको छ । यसअघि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणाको क्षेत्रमा कांग्रेसले नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।

शाह कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन् । त्यस क्षेत्रमा शाहसहित आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए ।