दुर्गा प्रसाईँ पोखरामा पक्राउ


पोखरा । मेडिकल व्यवसाी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको अभिव्यक्ति दिएका प्रसाईं सोमबार पोखरामा पक्राउ परेका हुन् । यस विषयमा छानबिन गर्न आयोगले प्रहरीलाई आइतबार पत्राचार गरेको थियो । त्यसपछि प्रसाईँ पक्राउ परेका हुन् ।

प्रसाईँले सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएको अडियोसमेत सार्वजनिक भएको छ । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईं सोमबार कार्यक्रमका लागि पोखरा आएका थिए । कास्की प्रहरीले उनलाई अब काठमाडौं पठाउने बताएको छ ।