नारायणकाजीसँग भिड्न उपेन्द्रले भित्राए रामेश्वर रायलाई पार्टीमा


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्वमन्त्री रामेश्वर राय यादव जसपा नेपालमा प्रवेश गरेका छन् । आइतबार उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा खादा माला लगाएर पार्टीमा स्वागत गरे का छन् ।

उनी अब प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ३ बाट उठ्नेछन् । रायसहित सर्लाही क्षेत्र नम्बर ३ चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन् । रायले अब नेकपाका नेता नारायणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । नारायणकाजीले पनि सर्लाही ३ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।