काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी आयोगका कार्यक्रम स्थगन गर्न माग गरेको छ ।
आइतबार सर्वोच्चमा रिट दायर गरेको देउवा समूहले त्यसपछि दिउँसो निर्वाचन आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगन गर्न माग गरेको हो । ने
ता मीन विश्वकर्माले सर्वोच्च अदालतले निर्णय नगरेसम्म निर्वाचनसम्बन्धी आयोगका कामकारबाही स्थगन गर्न आयोगलाई आग्रह गरेको जानकारी दिए । देउवा समूहले दायर गरेको रिटमाथि मंगलबार मात्र सुनुवाइ हुनेछ । सोमबार सार्वजनिक बिदा भएकाले मंगलबारका लागि पेसी तोकिएको छ ।
मंगलबार नै उम्मेदवार मनोनयनको कार्यक्रम राखिएको छ । देउवा समूहले मनोनयन रोकेर अर्को मिति तोक्नसमेत रिटमा माग गरेको छ ।

प्रतिक्रिया