काठमाडौँ । पूर्वमन्त्री प्रेम आलेले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएका छन् । यसअघि डोटीबाट निर्वाचन जित्दै आएका आलेले यसपटक नेपाली कम्युनिष्ट पार्टीबाट कैलाली– ५ बाट निर्वाचन लड्ने भएका छन् । आलेलाई पार्टी संयोजक प्रचण्डले टिकट दिएर पठाएका छन् ।
नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्टि जनाएर निष्क्रिय रहेका आलेले अन्ततः नेकपाबाट टिकट लिएका छन् ।

प्रतिक्रिया