आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह निर्वाचन आयोगमा


काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, रमेश लेखक, विमलेन्द्र निधिलगायतका नेताहरु आज निर्वाचन आयोग गएका हुन् । देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक पार्टी भएको जिकिर गर्दै आफूहरू आयोग पुगेको कांग्रेस नेता कल्याण गुरूङले बताएका छन् ।

आयोगका पदाधिकारीहरूसँग केही बेरमै छलफल हुने उनले जानकारी दिए । यसअघि गगन थापा नेतृत्वको कांग्रेस नेताहरुले आयोग पुगेर विवरण अद्यावधिक गर्न आग्रह गरेका थिए ।