पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दै


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ । देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापासहितको केन्द्रीय समिति निर्वाचित भएपछि देउवा समूहले पत्रकार सम्मेलन गर्न लागेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन समेत दिइसकेको छ ।