पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुग्यो गगन थापा नेतृत्वको कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसको नयाँ कार्यसमिति अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा पुगेको छ । विशेष महाधविशेनबाट गएराति निर्वाचित सभापति गगन थापा नेतृत्वमा टोली आयोग पुगेको हो ।

आज बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल भएको थियो ।

पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्ने लगायतका कार्यका लागि समितिले निर्वाचन आयोगमा आज निवेदन दिनेछ ।

उनीहरुले दलको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको र नयाँ नेतृत्व पनि चयन गरेको जानकारी गराउनेछन् ।