वैकल्पिक राजनीतिक शक्ति र पुनर्संरचित दलहरूवीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्य अपरिहार्यः बाबुराम भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र टीमलाई शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत भट्टराईले कांग्रेसको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्य देशलाई अपरिहार्य भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टीमलाई हार्दिक बधाइ तथा शुभकामना ! यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरु र पुनर्संरचित दलहरू वीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना !’