=काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री गगन थापालाई मुलुकको प्रधानमन्त्री बन्ने गरीअघि सार्ने बताएका छन् । मंगलबार साँझ बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आगामी फागुन २१ गतेको निर्वाचनका लागि प्रधानमन्त्री बन्ने गरी थापालाई अघि सार्ने बताएका हुन् ।
उनले नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ भन्ने सन्देश दिएर निर्वाचनमा जाने बताए । उनले भने,’कांग्रेसको बलियो नेतृत्व लिएर आउँदैछ। राम्रो दृष्टिकोण लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अघिल्लतिर लिएर आउँदैछौं।’
उनले निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको बताए । उनले भने, ’विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन ग¥यो । के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला । हामीले निर्वाचन आयोग पनि पुग्नुछ ।’

प्रतिक्रिया