‘हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौं’


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत पौडेलले आफूहरु एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली काङ्ग्रेसलाई अझ एकताबद्ध बनाउनेछ । हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली काङ्ग्रेसको पक्षमा छौं ।’

संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको भने विशेष पक्षधरहरूले पार्टीको विधान अनुसार विशेष महाधिवेशन भइरहेको बताउँदै आएका छन् । महाधिवेशनले आज नयाँ नेतृत्व चयनको तयारी गरेको छ । उता विवाद समाधानका लागि वार्ता पनि भइरहेको छ ।