कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधर सहभागी नहुने


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।

तर बैठकमा विशेष महाधिवेशन पक्षधर भने बैठकमा सहभागी नहुने भएको छ । आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।