लम्बियो कांग्रेस विशेष महाधिवेशन, मंगलबार नेतृत्व चयन गरिने


काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल नसकिएकाले महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले मंगलबारसम्म बन्दसत्र लम्बिएको जानकारी दिए । उनले मंगलबार नै नेतृत्व चयनसमेत थालिने बताए । आइतबार उद्घाटन भएको महाधिवेशन आज सक्ने तयारी थियो ।