काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको आज उद्घाटन हुँदैछ । दिउँसो एक बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटको कार्यक्रम छ । उद्घाटनअघि विभिन्न जिल्लाहरुबाट आएका महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेको छ ।
त्यस्तै काठमाडौँका विभिन्न स्थानबाट र्याली निकालिएका छन् । काठमाडौंको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रबाट र्याली निकालिएका छन् ।
र्याली भृकुटीमण्डप पुग्नेछ । यस्तै, दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने जनाइएको छ ।

प्रतिक्रिया