काठमाडौंँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रदेशसभाका क्षेत्रीय सभापतिहरूले पुस २७ र २८ गते गर्न लागिएको पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन सबै महाधिवेशन प्रतिनिधिहरूलाई अपील गरेका छन् ।
बागमती प्रदेशअन्तर्गत काठमाडौँ जिल्लाभित्र रहेका ११ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका कांग्रेस सभापतिले शनिबार संयुक्त विज्ञप्ति जारी गरी जेनजी आन्दोलनपश्चात् देशको विषम परिस्थितिलाई ध्यान दिई लोकतन्त्र रक्षार्थ कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित आह्वान गरेको भन्दै विशेष महाधिवेशनको स्वागत गरेका हुन् ।


प्रतिक्रिया