कांग्रेस संस्थापन पक्षको पत्रकार सम्मेलन एकाएक स्थगित


काठमाडौँ । नेपाली कांग्रेसले आज दिउँसो गर्ने भनिएको पत्रकार सम्मेलन स्थागित भएको छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्ने तयारी थियो ।

तर पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना थारी गरी पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका छन् ।