प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा एमले अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको र त्यसका लागि तयार रहेको जानकारी गराएको बताइएको छ । त्यस्तै ओलीले निर्वाचनमा शान्ति सुरक्षाको विषयमा बढी चासो रोखेको बताइएको छ ।