मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीद्वारा पार्टी परित्यागको घोषणा


काठमाडौँ । मधेस प्रदेशसभा सदस्य एवं माओवादी नेता रहबर अन्सारीले पार्टी छाडेका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै अन्सारीले पार्टी छाडेका हुन् । अन्सारीले बिहीबार हुलाकमार्फत राजीनामा प्रचण्डलाई पठाएका हुन् ।

प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्र पठाएका हुन् ।