कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने


काठमाडौँ । नेपाली कांग्रेसले आज पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

विशेष महाधिवेशन पक्षधरले आगामी आइतबारका लागि विशेष महाधिवेशन बोलाएपछि कांग्रेसमा तनाव चुलिएको छ । विशेष महाधिवेशनपछि कांग्रेस विभाजन हुने आँकलनसमेत गरिएको छ ।