काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानमा अध्यक्ष ओलीलाई निम्तो दिने सन्दर्भ दुई पार्टीका अध्यक्षबीच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमासमेत उनीहरुबीच कुराकानी भएको उनले बताए ।

प्रतिक्रिया