जेलमा रहेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट एमालेकातर्फबाट उम्मेदवार सिफारिस


बुटवल । नेकपा एमाले अर्घाखाँचीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटीको बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि जेल चलान भएका एमाले पूर्वसचिव टोपबहादुर रायमाझी सहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

मंगलबार बसेको जिल्ला कमिटीको बैठकले रायमाझीसहित जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, बमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाख ३१ गते पक्राउ परेका रायमाझी पुर्पक्षका लागि थुनामा छन् ।