काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहनाअनुरुप एक ठाउँमा उभिएको बताएका छन् ।
सोमबार साँझ रास्वपासँग पार्टी एकतामा सहमति गरेका घिसिङले मंगलबार सामाजिक संजालमार्फत यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं । यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’
पार्टी एकतासँगै घिसिङ उपसभापति बनेका छन् ।

प्रतिक्रिया