काठमाडौँ । नेकपा एमालेले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रुप दिएपछि एमालेले आयोगमा सूची बुझाएको हो ।
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ पहिलो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा नाम राखिएको छ । त्यस्तै, बन्दसूचीमा गुरु बराल, डा. पुष्प कँडेल, महिलाहरूमा पद्मा अर्याल, टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी भूमिका लिम्बुलगायत छन् । पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत आठजना छन् ।
त्यसैगरी मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल देउला, रामपुकार दास तत्म, सन्तबहादुर चेपाङ, इच्छा चौधरी लगायतका युवा र समावेशी छन् ।
क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवा, निता घतानी लगायतका युवा र समावेशी छन् । महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमीत्रा राजवंशी, हिरुसरा राना, कुलभक्त शाक्य, वृद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनामङ छिरिङ लामाको नाम पेस भएको छ ।

प्रतिक्रिया