काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोग पुगेका छन् । सिंहदरबारस्थित आयोगको कार्यालयमा लेखक बयान दिन आज मध्यान्ह पुगेका हुन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो । बयानका लागि सात दिनभित्र उपस्थित हुन भन्दै आयोगले लेखकलाई पत्र काटेको थियो ।

प्रतिक्रिया