काठमाडौँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले सोमबार बन्दसूची बुझाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए । सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको सूची पेश गरेका थिए।
जिल्ला तथा प्रदेशबाट भएको सिफारिसका आधारमा अध्यक्ष ओलीले सूची बनाएको उनले बताए । सचिवालय बैठकले पारित गरेको समानुपातिक उम्मेदवारको सूचीमा केही थपघट गर्न जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ । एमालेको ११औँ महाधिवेशनपछि आइतबार पहिलो पटक सचिवालय बैठक बसेको हो ।

प्रतिक्रिया