काठमाडौँ । उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बीच एकता गर्ने तयारी भएको छ ।
रास्वपा र काठमाडौँका मेयर बालेन साहबीच सहमति भएपछि यी दुई नयाँ पार्टीले पनि एकताको तयारी गरेका हुन् ।
यसका लागि आजै दुई दलबीच छलफल हुन लागेको प्रलोपाका अध्यक्ष सुदन किराँतीले जानकारी दिए । यसअघि पनि दुई दलबीच पटक पटक छलफल भएको र आज पनि छलफल हुन लागेको उनले बताए ।
उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा र प्रगतिशील लोकतान्त्रिक पार्टी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्माको पहलमा खुलेका हुन् ।

प्रतिक्रिया