राष्ट्रपति पौडेल र झलनाथबीच फागुन २१ को निर्वाचनका विषयमा छलफल


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा खनाल र राष्ट्रपति पौडेलबीच जेनजी आन्दोलनका विषयमा छलफल भएको थियो । खनालले भेटमा आगामी फागुन २१ मा चुनाव गराउन जोड दिएका थिए ।

खनालले भने, ‘निर्वाचनको विकल्प नभएको तर निर्वाचन गर्नको लागि आवश्यक पर्ने पूर्वाधार तयार गरेर सबै पार्टी र विभिन्न पक्षहरुको बीचमा सहमति कायम गरेर निर्वाचन सम्पन्न गरि मुलुकलाई नयाँ निकास दिनुपर्छ।’

त्यसक्रममा राष्ट्रपति पौडेलले खनाल पत्नीको स्वास्थ्यका बारेमा पनि चासो राखेका थिए।