काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै लेखकले आफू सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।
आयोगले शुक्रबार लेखकलाई सात दिनभित्र बयान दिन आउन पत्र काटेको थियो । उनले भने, ‘आयोगले शुक्रबार बोलाएको रहेछ । म सोमबार जाने निर्णय गरेको छु ।’
लेखकले आफूले सोमबार बयान दिन आउने जानकारी गराइसकेको जानकारी दिए ।

प्रतिक्रिया