रहेनन् बद्री मण्डल


काठमाडौँ । नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्री मण्डलको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको मंगलबार बिहान मण्डलको निधन भएको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले जानकारी दिएका छन् । राजा ज्ञानेन्द्र शाहको शासन कालमा उनी उपप्रधानमन्त्री पनि भएका थिए ।

पार्टीमा त्यसको चर्को विरोध हुन थालेपछि बद्री मण्डलले पार्टी अध्यक्षबाट राजीनामा दिएर लक्ष्मण लाल कर्णलाई कार्यवाहक अध्यक्ष बनाएका थिए । त्यसपछि उनी राजनीतिमा छायाँमा परेका थिए । गजेन्द्रनारायण सिंहको निधनपछि उनी नेपाल सद्भावना पार्टीका अध्यक्ष भएका थिए ।