पुराना पार्टीलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठूलो साहस उज्यालो नेपाल पार्टीले गरेको छः मन्त्री घिसिङ


 मन्थली । ऊर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताएका हुन् । एक महिनाअघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो ।

‘७०-८० असी वर्ष पुराना पार्टीहरूलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठूलो साहस यस पार्टीले गरेको छ,’ उनले भने ।

जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफू सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरूको भन्दा फरक तरिकाले काम गरेको घिसिङको दाबी छ ।