काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले केन्द्रीय कमिटी ठूलो भयो भनेर गल्ती गरेको बताएका छन् । सचिवमा पराजित बास्कोटाले सामाजिक संजालमार्फत केन्द्रीय कमिटी तीनसय एक अलिक ठूलो भयो भन्ने आफ्नो भएको बताएका छन् ।
उनले भनेका छन्, ‘एमालेको केन्द्रीय कमिटी तीनसय एक अलिक ठूलो भयो भन्ने मेरो मत थियो । तर गल्ती गरिएछ कि जस्तो लाग्यो नेपाली कम्युनिष्ट पार्टीले २३ गते दुई हजार चार सयको केन्द्रीय कमिटी बनाउने खबर सुनेर ? दुई तिहाई नै हान्छ कि के हो ? गुगल कि भूगोल खत्रा जम्बोजेटले केही समय कङकट आवाजले नेपाली आकाश थर्काउने भो । कङकट म्युजियम नै गैसक्यो,भन्छ।’

प्रतिक्रिया