जनकपुरधाम । मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । मधेस प्रदेशको सभामुखका लागि दुई जनाको उमेदवारी परेकाले आज निर्वाचन हुन लागेको हो ।
सभामुखका लागि जसपा नेपालका रामआशीष यादव र नेकपा (एमाले) का त्रिलोकी प्रसादले उमेदवारी दिएका छन् । यादव सत्तारुढ सात दलीय गठबन्धनका उम्मेदवार हुन् ।
प्रदेशसभा सचिवालयले यसअघि प्रकाशित गरेको सभामुखको निर्वाचन कार्यतालिकाअनुसार सभामुख चयनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ ।

प्रतिक्रिया