जनकपुरधाम । मधेस प्रदेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई सभामा उपस्थित सबै ९२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।
सात दलका ७४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता यादवलाई प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहित सबै दलले विश्वासको मत दिएका हुन् ।

प्रतिक्रिया