कागजी प्रक्रिया मिलाउन भैरहवा जानुपर्ने भएकाले रवि शुक्रबार जेलमुक्त हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार मात्र रिहा हुने भएका छन् । बिहीबार उच्च अदालत तुलसीपुरले रविलाई रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन रवि शुक्रबार बिहान भैरहवा जाने रास्वपाका नेता दीपक बोहोराले जानकारी दिए । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्ने शुक्रबारमात्रै जिल्ला अदालतमा उच्चको आदेश पुग्नेछ ।

त्यसपछि रवि छुट्नेछन् । उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा उनी अहिले नक्खु कारागारमा छन् ।