काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट, रघुजी पन्त निर्वाचित भएका छन् ।
उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई निर्वाचित भएका छन् ।
सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया