एमाले मतगणनाः यस्तो पछिल्लो मतपरिणाम, कसको कति ?(सूचीसहित)


काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् । ओलीले ८४३ मत प्राप्त गर्दा अर्का उम्मेदवार ईश्वर पोखरेल २९६ मत प्राप्त गरेका छन् ।

महासचिवमा शंकर पोखरेलले ६१३ मत प्राप्त गर्दा अर्का उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा अरुण नेपाल, २२३, गुरुप्रसाद बराल ५८५, गोकर्णराज विष्ट ७१३, टकंप्रसाद कार्की १८६, पर्शुराम मेघी गुरुङ ३३४, पृथ्वीसुब्बा गुरुङ ९००, भीमप्रसाद आचार्य १४३ रघुजी पन्त ६१७, रामबहादुर थापा बादल ७७४, विन्दा पाण्डे ४७४ र विष्णुप्रसाद पौडेलले ८४६ मत पाएका छन् ।

त्यसैगरी उपमहासचिवमा आनन्दप्रसाद पोख्रेल, ३३४, योगेश भट्टराई ७०९, रघुवीर महासेठ ६८९, राजेन्द्रप्रसाद गौतम १४०, लेखराज भट्ट, ७३४, विष्णुप्रसाद रिमाल ५४०, वैजनाथ चौधरीले २७१ मत ल्याएका छन् ।

त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल ३७७, ईन्द्रलाल सापकोटा २०९, कर्णबहादुर थापा ४४४, कृष्णगोपाल श्रेष्ठ, ३२५, खगराज अधिकारी ६८०, गोकुलप्रसाद बाँस्कोटा ५२८, छविलाल विश्वकर्मा ७६९, ठाकुरप्रसाद गैरे ४६२, पद्माकुमारी अर्याल ७७८, पुर्षोत्तम पौडेल २३०, पेम्वा लामा २५५, भानुभक्त ढकाल ५५२, महेश बस्नेत, ७८३, यमलाल कँडेल ६२६, रचना खड्का ४५९, राजन भट्टराई ५८१ , लालबाबु पण्डित ३९९, विनोदप्रसाद ढकाल ३५५, शेरधन राई, ७६७ र हिक्मतकुमार कार्कीले ६७२ प्राप्त गरेका छन् ।