एमालेमा ओली र शंकर पोखरेलको अग्रता , अधिकांश पदमा ओली पक्ष अगाडि


काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बढाइरहेका छन् । ओलीले ४८९ मत प्राप्त गर्दा र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १७७ मत प्राप्त गरेका गरेका छन् ।

उपाध्यक्षमा विष्णु पौडेल अगाडि छन् । उनले ३४९ मत प्राप्त गरेका छन् । त्यस्तै पृथ्वीसुब्बा गुरुङ ३५६, रामबहादुर थापा बादल ३०९, गोकर्ण विष्ट २५६, रघुजी पन्तले २५३ मत प्राप्त गरेका छन् । त्यस्तै महासचिवमा शंकर पोखरेलले अग्रता लिएका छन् । पोखरेलले ३६४ मत ल्याएका छन् भने सुरेन्द्र पाण्डेले ३०२ मत ल्याएका छन् ।