एमालेको मतगणना सुरु, तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने


काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा १० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए ।

उनले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए । आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।