काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप्स निकालिएको छ । चिप्स निकाल्ने काम सकिएपछि निर्वाचन समितिको बैठक बस्नेछ । त्यसपछि मतगणना सुरु हुने बताइएको छ ।
८० वटा मेसिनको प्रत्येकको फरक फरक मुचुल्का खडा गरिने, मतपत्र गणना र मेसिनमा खसेको मतको गणना गर्दा मिल्नुपर्ने हुन्छ ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया