काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका नाम टुंगो लगाइएको छ ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लगाइएको छ ।
महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम तय गरिएको छ । यस्तै, सचिवमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम तय गरिएको छ ।

प्रतिक्रिया