काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ को घटना पछाडि एमालेका अध्यक्ष केपी ओलीविरुद्ध प्रचारबाजी गरिए पनि जनताले एमालेलाई साथ दिएको बताएका छन् ।
शनिबार पार्टीको ११ औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनताले एमालेलाई साथ दिएको बताएका हुन् ।
उनले महाधिवेशनको उद्घाटन समारोहले जनता एमालेको पक्षमा रहेको स्पष्ट देखिएको बताए । उनले भने, ‘भदौ २३–२४ को घटनापछि एमाले सिद्धियो भनेर दुष्प्रचार गरिएको थियो । एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भएको सन्देश उद्घाटन समारोहले दिएको छ ।’
उनले जेनजीको भावनामा खेलेर नेपालमा लोकतन्त्र कमजोर बनाउने प्रयास भएको बताए । महासचिव पोखरेलले मुलुकमा एक प्रकारको भय र त्रास र प्रतिगमनतर्फ धकेल्ने प्रयास भइराखेको समयमा एमालेले महाधिवेशन गरेको र महाधिवेशनको उद्घाटनमा भएको उपस्थितिले धेरैलाई जवाफ दिएको बताए ।

प्रतिक्रिया