प्रतिनिधिहरूको आगमनसँगै एमाले महाधिवेशन उद्घाटनस्थलमा चहलपहल


काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्माले दिउँसो १ बजे उदटन गर्ने कार्यक्रम छ ।

एमाले महाधिवेशन अन्तर्गत उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित मैदानमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनका लागि देशभरबाट २२ सय बढी प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । महाधिवेशनस्थल सल्लाघारीमा बिहानैदेखि प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ । उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने एमालेको दाबी छ ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।