प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि उनले आजै गृहमन्त्री ओमप्रकाश आर्यालसँग भेटवार्ता गरेका थिए । भेटमा सचिव महावरले नेपालको आसन्न निर्वाचनमा सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।