ओली-देउवा भेटको ‘साइड इफेक्ट’ संसद पुनःस्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च


काठमाडौँ । नेपाली कांग्रेस पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ । कांग्रेस नेता श्यामकुमार घिमिरे, सुशीला थिङलगायत नेताहरु प्रतिनिधिसभा पुनःस्थापनाको मागको रिट लिएर सर्वोच्च गएका हुन् ।

उनीहरूले पुनःस्थापनाको मागको वारेस लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई सर्वोच्च अदालतमा पठाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा विघटनलाई असंवधौनिक भनेको थियो । यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा विघटनविरुद्ध मंसिर ९ मा सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच शुक्रबार भेटवार्ता भएको थियो । दुई नेताको भेटपछि कांग्रेस रिट लिएर सर्वोच्च गएको हो । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै यसअघि एक दर्जन भन्दा बढी रिट परिसकेका छन् ।