काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी बेल्जियमको ब्रसेल्स प्रस्थान गरेका छन् । मेयर गिरी शनिबार रातिको उडानबाट बेल्जियमको ब्रसेल्स प्रस्थान गरेका हुन् ।
ब्रलेल्समा युरोपेली यूनियनले डिसेम्बर ८–१० सम्म आयोजना गर्ने सम्मेलनमा मेयर गिरीले सम्बोधन गर्ने तालिका रहेको छ। वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया खड्का पनि सोही कार्यक्रममा सहभागी हुन शनिबार नै ब्रसेल्स प्रस्थान गरेकी छन् ।

प्रतिक्रिया