जनकपुरधाम । मधेश प्रदेसका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
यादवलाई आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

प्रतिक्रिया