गृहजिल्लामै जनार्दनविरुद्ध कालोझण्डा


रुकुम पश्चिम । नेकपा माओवादी केन्द्र परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई गृहजिल्लामा कालोझण्डा दखाइएको छ ।

आइतबार बिहान रुकुम पश्चिम पुगेका शर्मालाई केही युवाले कालोझण्डा देखाएर उनीविरुद्ध नाराबाजी गरेका हुन् । शर्मामाथि कालोझण्डा देखाएपछि तनाव बढ्ने भन्दै सुरक्षाकर्मीले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो ।

भिडियोः रोशनमान श्रेष्ठको फेसबुकबाट