काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी बैठकमा पेस गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहने गरी समिति गठन गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बैठकले विचारधारा भएका पार्टी, अभियान, समूह तथा परिवर्तनकारी युवाहरूलाई एकीकृत गर्न वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान रहेको वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीका मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने र प्रदेशसभा सदस्य तथा मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिइएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।

प्रतिक्रिया