काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र एमाले नेताहरु छलफलमा जुटेका हुन् ।
छलफलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी छन् ।
त्यस्तै सरकारका प्रधानमन्त्री कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् । प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि दलका नेताहरूसँग संवाद थालेकी छन् ।

प्रतिक्रिया