‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’ भन्दै जेनजीको प्रदर्शन


काठमाडौं । जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, ‘सुशीलाको पाराले दुःख पाए साराले’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।